Wednesday, August 12, 2026
Homeसमाचारलेटाङको वारंगीमा भएको आगलागीको उपप्रमुख निरौलाद्वारा स्थलगत निरीक्षण

लेटाङको वारंगीमा भएको आगलागीको उपप्रमुख निरौलाद्वारा स्थलगत निरीक्षण

लेटाङः लेटाङ नगरपालिका–७, वारंगीस्थित ‘होटल चेल्सिया एण्ड ट्रेडर्स’ मा आइतबार भएको आगलागीबाट भएको क्षतिको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले सोमबार स्थलगत निरीक्षण गर्नुभएको छ ।

नगर उपप्रमुख निरौलाको नेतृत्वमा वडाध्यक्षहरू सम्मिलित टोलीले वारांगी पुगेर निरीक्षण गरेको हो । नगर प्रमुख भुपेन्द्रकुमार लावती काठमाडौँमा रहेकाले उहाँको अनुपस्थितिमा उपप्रमुख निरौलाले आगलागीबाट पीडित परिवारलाई भेटी तत्कालका लागि आवश्यक राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करीब ७ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाइएको छ । अकल्पनीय विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै उपप्रमुख निरौलाले पीडित परिवारलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी कार्यपालिका बैठकबाट निर्णय गराई थप राहत उपलब्ध गराउने तथा घर पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारसँग समेत आवश्यक समन्वय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ । आइतबार दिउँसो भएको आगलागीबाट लेटाङ ७ वारांगीमा रहेको फमकुमार मगरको घर र सो घर भाडामा लिएर टीका धितालले सञ्चालन गरेको पसल पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments