Wednesday, August 26, 2026
Homeसमाचारविराटचोकमा विश्व बन्धुत्व रक्तदान महाअभियान

विराटचोकमा विश्व बन्धुत्व रक्तदान महाअभियान

विराटचोकः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा राजयोगिनी दादी प्रकाशमणिज्यूको १९ औँ पुण्यतिथिको अवसरमा ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ अन्तर्गत हिजो रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

समाज सेवा प्रभाग, ब्रह्माकुमारीज सुन्दरहरैंचा, विराटचोकको आयोजनामा भएको रक्तदान कार्यक्रमको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उद्घाटन गर्नुभयो । ‘सेवा नै प्रेम हो’ भन्ने भावनाका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

आयोजक ब्रह्माकुमारीजले रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments