Wednesday, August 5, 2026
Homeफिचरदुर्गा प्रसाईँ र धवल शमसेरले खोले नयाँ पार्टी, साउन २८ गते दर्ता...

दुर्गा प्रसाईँ र धवल शमसेरले खोले नयाँ पार्टी, साउन २८ गते दर्ता गर्ने

काठमाडौंः राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।

उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।

दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने बताइएको छ ।

चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकोले टुंगिन बाँकी रहेको बताइएको छ ।

राणाले जेठ १७ गते राप्रपा परित्याग गरेका थिए । उनले राप्रपाका विभिन्न तहका १८५ जना नेताहरूलाई पनि सँगै लगेका छन् ।

राणालाई नयाँ पार्टी खोल्न मेडिकल व्यवसायी तथा केही वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गर्दै आएका प्रसाईंले साथ दिएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments