Saturday, August 1, 2026
Homeअर्थशेयरधितोपत्र बोर्डको कारबाहीमा परे तीन ब्रोकर, सानिमा क्यापिटललाई गराइयो सचेत

धितोपत्र बोर्डको कारबाहीमा परे तीन ब्रोकर, सानिमा क्यापिटललाई गराइयो सचेत

काठमाडौंः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको भन्दै तीन वटा ब्रोकर कम्पनी र एउटा मर्चेन्ट बैंकरलाई कारबाही गरेको छ ।

बोर्डले ती कम्पनीलाई कारबाही गरेर १ करोड १० लाख रुपैयाँ जरिवाना तिराएको छ । बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ क को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ ग मा रहेको व्यवस्था उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको हो ।

बोर्डले सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना तिराएको छ । श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँका दरले जरिवाना गराएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनी दायित्व पूरा नगरेको निष्कर्षका आधारमा ऐनको दफा ७ फ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिवाना गरिएको बोर्डले जनाएको छ ।

बोर्डले मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई पनि सचेत गराएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८०\८१ को बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा २ हजार ५३३ जना सर्वसाधारण शेयरधनीको खातामा जम्मा हुनुपर्नेभन्दा बढी शेयर जम्मा भएको पाइएपछि कारबाही गरेको बोर्डले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments