विराटचोकः मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२\८३ मा व्यवसायको आकार बढाएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ३६.०७ प्रतिशत र ग्राहक कर्जा २९.२५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ५०.२६ प्रतिशत बढेको छ । नाफा बढे पनि वितरणयोग्य नाफा ५.०१ प्रतिशत र वार्षिकीकृत वितरणयोग्य प्रतिशेयर आम्दानी ५ प्रतिशतले घटेको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको ब्याज आम्दानी १७.९८ प्रतिशत बढेर ६७.४२ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद नाफा ८.९८ प्रतिशत बढेर रु. १४.१२ करोड पुगेको छ । सञ्चालन मुनाफा पनि ८.६३ प्रतिशत बढेर रु. २०.१७ करोड पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा रु. १६.३० करोडबाट रु. १५.४९ करोडमा झरेको छ । प्रतिशेयर आम्दानी रु. १३.४० बाट रु. १२.७३ मा झरेको छ ।





