Wednesday, July 29, 2026
Homeसमाचारबाघ दिवसको दिन आज बाघ गणनाको नतिजा सार्वजनिक गरिँदै

बाघ दिवसको दिन आज बाघ गणनाको नतिजा सार्वजनिक गरिँदै

विराटचोकः आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ । यही दिवसको अवसर पारेर नेपालमा हालै सम्पन्न बाघ गणनाको नतिजा सार्वजनिक गरिने भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्ने भएको हो । नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको संख्या ३५५ छ । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

बाघ नेपाललगायत भारत, चीन, बंगलादेश, भुटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रसिया, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्र पाइन्छ । विश्वमा सन् २०१० मा करिब तीन हजार २०० को संख्यामा रहेको बाघ सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ ।

त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्यान्डमा १८९, भुटानमा १५१, मलेसियामा १५०, बंगलादेशमा १४६, म्यान्मारमा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments