Wednesday, July 29, 2026
Homeअर्थनिस्क्रिय कर्जा बढे पनि बढ्यो कामना सेवा विकास बैंकको नाफा

निस्क्रिय कर्जा बढे पनि बढ्यो कामना सेवा विकास बैंकको नाफा

विराटचोकः कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

गत आर्थिक वर्षमा बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी, गत वर्ष वृद्धि भई २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
कुल सञ्चालन आम्दानी अघिल्लो वर्ष २ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत वर्ष २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

निष्क्रिय कर्जा अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा ३.७७ प्रतिशत पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments