Wednesday, July 29, 2026
Homeअर्थशेयरफर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो ७३ प्रतिशत

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो ७३ प्रतिशत

विराटचोकः फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.६४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षमा खुद ब्याज आम्दानीतर्फ बैंकले ७.४७ ले वृद्धि गरी २२ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ ।

लघुवित्तको सञ्चालन नाफा १५ करोड ७६ लाखबाट वृद्धि भई २७ करोड २७ लाख पुगेको छ । लघुवित्तले खराब कर्जा फिर्ता र ब्याज खर्चलाई नियन्त्रण गरेर नाफा बढाएको उल्लेख गरेको छ ।

लघुवित्तको वार्षिक प्रति शेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ १३ पैसा पुगेको छ । अघिल्लो वर्ष ३.८४ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घट्दै २.८८ प्रतिशतमा झरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments