Tuesday, July 28, 2026
Homeअर्थशेयरफेरि २७०० बिन्दुबाट तल झर्याे नेप्से, आज पनि गिरावट

फेरि २७०० बिन्दुबाट तल झर्याे नेप्से, आज पनि गिरावट

विराटचोकः २७०० बिन्दु कटेको नेप्से परिसूचकमा पुनः गिरावट आउन थालेको छ । आज ०.१७ प्रतिशत अर्थात् ४.६४ अङ्कले घटेर नेप्से २ हजार ६९६.६७ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर ५५ हजार ५८० पटक किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ६ अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

बजार घटे पनि आज व्यापार समूह सर्वाधिक अर्थात ०.७४ प्रतिशतले बढ्दा फाइनान्स ०.०६, होटल ०.१८ र जलविद्युत समूह ०.१५ प्रतिशतले बढे । अन्य समूह आज सर्वाधिक अर्थात ०.८० प्रतिशतले घटेको छ ।

आज सेन्ट्रल फाइनान्सको सर्वाधिक २७ करोड १४ लाख २७ हजार ३०७ रुपैयाँको शेयर कारोबार भयो । यस्तै रिडी पावरको २१ करोड २१ लाख, सोलु हाईड्रोको १९ करोड ९ लाख, ग्लोबल आइएमई बैंकको १६ करोड ७८ लाख र रिलायन्स स्पीनिङ मिल्सको १६ करोड १३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

सूचक घटेको बजारमा आज एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य १५ प्रतिशतले बढ्यो । कुथेली बुखरी स्मल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात ६.०७ प्रतिशतले घट्यो ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ३४ अर्ब ४२ करोड ५ लाख ८८ हजार ८३९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments