Tuesday, July 28, 2026
Homeअर्थनेपाल इन्फास्ट्रक्चर (निफ्रा) को नाफा घट्यो २० प्रतिशत, छैन निस्क्रिय कर्जा

नेपाल इन्फास्ट्रक्चर (निफ्रा) को नाफा घट्यो २० प्रतिशत, छैन निस्क्रिय कर्जा

विराटचोकः नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । निफ्राले अघिल्लो वर्षको भन्दा नाफा २० प्रतिशत कम कमाएको हो ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा झरेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि २३.८९ प्रतिशतले घटेको छ । बैंकको प्रतिशेयर नेटवर्थ ११७.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.७३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १९३.७४ रुपैयाँ र तरलता अनुपात ८३.४७ गुणा कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments