Tuesday, July 28, 2026
Homeअर्थशेयरडिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख नाघ्दा सक्रिय लगानीकर्ता भने साढे ५१...

डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख नाघ्दा सक्रिय लगानीकर्ता भने साढे ५१ लाख मात्रै

विराटचोकः शेयर बजारमा प्रवेशका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्नेको सङ्ख्या नेपालमा ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ डिम्याट खाता खोलिएका छन् ।

तर सक्रिय लगानीकर्ताको सङ्ख्या भने ५१ लाख ४८ हजार ८९४ जना मात्रै छ । डिम्याट खाताको सङ्ख्या बढी देखिनुको अर्को कारण एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने व्यवस्था पनि हो ।

हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता शेयर मात्रै डिम्याटमा रहेको छ । तर नेप्सेमा सूचीकृत कुल शेयर सङ्ख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ । अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता शेयर डिम्याट हुन बाँकी रहेको देखिन्छ । डिम्याटको व्यवस्था हुनुपूर्व रहेका भौतिक शेयर (प्रमाणपत्र शेयर) को अभौतिकीकरण हुन बाँकी हुँदा ती शेयर डिम्याट खातामा जम्मा नभएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments