विराटचोकः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल (गनेश) सँग बेलबारी तथा सुन्दरहरैंचा आसपास क्षेत्रका उपलब्ध स्रष्टाहरूसँग भेटघाट तथा साहित्यिक अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाली भाषा, कला र साहित्यलाई निकै नजिकबाट नियालेका र आफू पनि लेखन विधामा निरन्तर लागिरहेका सर्जक हुनुहुन्छ पौडेल ।
भेटमा स्रष्टाहरूले आफ्नै क्षमता र लेखनका कारण माथि उठ्नुपर्ने कुरामा जोड दिँदै त्यस्ता व्यक्तित्वहरूको संरक्षण र प्रोत्साहनका लागि राज्य निरन्तर लाग्ने विषयमा समेत आफ्ना कुराहरू राख्नुभएको थियो ।
सो भेटघाट कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, सचिव नवराज नवशिला, कला विभाग संयोजक राज लम्साल यात्री, सुन्दरहरैँचा साहित्य कला विकास समितिका अध्यक्ष डा. दीपक न्यौपाने, नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे, सङ्गीतकर्मी जेबी थुलुङ, राजीतिक तथा सामाजिक व्यक्तित्वहरू सुरेश श्रेष्ठ र विवेक न्यौपानेलगायतको उपस्थिति थियो ।
विराटचोकमा रहेको नेपालीरिका होटलमा करिब डेढ घण्टा चलेको अन्तरक्रियाको संयोजन स्रष्टा सुरेशकुमार श्रेष्ठले गर्नुभएको थियो ।





