Sunday, July 26, 2026
Homeशिक्षा र स्वास्थ्यनेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै

नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै

विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशले संगठन विस्तार तथा संस्थागत विद्यालयहरूबीच समन्वय सुदृढ गर्ने भएको छ ।

सोही उद्देश्यले शुक्रबार उदयपुरको गाईघाट कोशी प्रदेश अध्यक्ष कमल खनाल, प्रदेश सचिव सुरेन्द्र चौधरी तथा नेसनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसी सहितको टोली पुगेर स्थानीय संस्थागत विद्यालयका सञ्चालक तथा शैक्षिक क्षेत्रका सरोकारवालासँग संगठन विस्तार, आगामी कार्यक्रम तथा शैक्षिक चुनौतीका विषयमा छलफल गरेको छ ।

सो छलफलमा उदयपुर जिल्लामा नेसनल प्याब्सनको संगठनलाई थप सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने, निजी तथा आवासीय विद्यालयहरूबीच सहकार्य बढाउने र गुणस्तरीय शिक्षाका लागि साझा पहल गर्ने विषयमा विशेष जोड दिइएको कोशी प्रदेश अध्यक्ष कमल खनालले बताउनुभयो ।

नेसनल प्याब्सन कोशी प्रदेशले आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लामा पनि यस्ता कार्यक्रम गर्ने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments