Wednesday, July 22, 2026
Homeअर्थशेयर२ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट

२ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट

विराटचोकः लगातार ६ दिन बढेको शेयर बजारमा आज शुरुदेखि नै लगानीकर्ता शेयर खरीदमा भन्दा बिक्रीमा लागेका छन् । जसका कारण २ घण्टामा सूचक २९ अङ्कले घटेको छ । कारोबार रकम घण्टामा २ अर्ब ५० करोड १ लाख ९५ हजार ६६० रुपैयाँको भएको छ ।

घटेको बजारमा मातृभूमि लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.१० प्रतिशत घटेको छ । हालै दोस्रो बजारमा आईपीओ सूचीकृत भएको एभरेष्ट कलरको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।

रिडी पावरको सबैभन्दा धेरै २१ करोड ३८ लाख ३९ हजार ९६ रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै रिडी पावरकै १४ लाख ७१ हजार ६०७ कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै पटक कारोबार हुनेमा भने सानिगाड हाइड्रो परेको छ । सो कम्पनीको शेयर १ हजार ७०१ पटक किनबेच भएको छ ।

१.०३ प्रतिशतले घटेर नेप्से सूचक २६९७ आसपासमा अडिएर कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments