Tuesday, July 21, 2026
Homeधर्म र संस्कृतिधार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता

धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता

जनकपुरः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जनकपुरधामको जानकी मन्दिरमा पुगेका नेता तथा कार्यकर्तालाई हिन्दू सम्राट सेनाले लखेटेका छन् । साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै उनलाई जनकपुरमा प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ ।

घटनापछि श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्दै गृहमन्त्रीको फोन अफ भएको गुनासो गर्दै कार्यकर्तालाई संयमित हुन आग्रह गर्नुभएको छ ।

साम्पाङ आज जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने र जनकपुरमा श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेशको कार्यक्रम रहेको थियो ।

हर्क साम्पाङले फेसबुकमा ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर ! भन्दै स्टाटस लेख्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments