Friday, July 17, 2026
Homeअर्थसाउन ७ सम्म इटहरी उपमहानगरको राजस्व सेवा बन्द

साउन ७ सम्म इटहरी उपमहानगरको राजस्व सेवा बन्द

इटहरीः इटहरी उपमहानगरपालिकाले राजस्व सङ्कलनसम्बन्धी सम्पूर्ण सेवा अस्थायी रूपमा साउन ७ गतेसम्म बन्द गर्ने भएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा नयाँ आर्थिक ऐनअनुसारका व्यवस्था अद्यावधिक गर्नुपर्ने भएकाले आज साउन १ गतेदेखि लागू हुनेगरी साउन ७ गतेसम्म सबै राजस्व सेवा स्थगित गरिएको पालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयबाट सञ्चालन हुने कर, शुल्क तथा अन्य राजस्व सङ्कलनसम्बन्धी सम्पूर्ण सेवा उक्त अवधिभर बन्द रहनेछ । उपमहानगरपालिकाका अनुसार आर्थिक ऐन, २०८३ मा भएका व्यवस्थाहरू प्रणालीमा प्रविष्ट गर्ने प्राविधिक कार्य भइरहेका कारण सेवा अस्थायी रूपमा रोकिएको हो ।

सो अवधिमा घरजग्गा कर, व्यवसाय कर, सम्पत्ति कर, सिफारिस शुल्कलगायत राजस्वसम्बन्धी कुनै पनि भुक्तानी वा सेवा उपलब्ध नहुने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments