Friday, July 17, 2026
Homeकला र साहित्यआबुधाबीमा मनाइयो २१३ औँ भानुजयन्ती

आबुधाबीमा मनाइयो २१३ औँ भानुजयन्ती

आबुधाबीः आदिकवि भानुभक्त आचार्यको २१३ औँ जयन्ती संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधाबीमा आइतबार मनाइएको छ ।

नेपाली राजदूतावास आबुधाबीको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास आबुधाबीको आयोजना, तनहुँ सेवा समाज, युएईको सहकार्य तथा सिर्जना वाचन डबलीको समन्वय रहेको थियो ।

कार्यक्रममा आबुधाबीका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक टक गुरुङले गर्नुभएको थियो ।

सो कार्यक्रममा विभिन्न स्रष्टाका गजल, कविता, मुक्तक लगायत विभिन्न विधाका १० वटा साहित्यिक कृतिको सामूहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिहरूमा राज यात्री लम्सालको गजल सङ्ग्रह ‘यात्री’, महेन्द्र अतलको गजल÷कविता सङ्ग्रह ‘दुई’, मिलन सङ्ग्रौलाको उपन्यास ‘बाबऋ’, सानु थपलियाको गजल सङ्ग्रह ‘मकरन्द’, टक गुरुङको गजल सङ्ग्रह ‘टक’ र गजलाभूषण – सैद्धान्तिक एवं अभ्यास पुस्तक, चित्र थापाको कविता सङ्ग्रह ‘आजाद कैदी’, जीवित खड्का मगरको कविता सङ्ग्रह ‘धागो’ धिरेन अनुपमको गजल सङ्ग्रह ‘प्रच्छाया’ र सुमित्रा सुमीको कविता सङ्ग्रह ‘कलेजी बर्को’ रहेका थिए ।

कार्यक्रममा युएइका विभिन्न सामाजिक, साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिसहित एक सयभन्दा बढी साहित्यकार, सर्जक तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा राम मोक्तान, भुवानीप्रसाद तिमल्सिना, कमल गिरी ‘आभा’, बाबुराम सापकोटा, जे.सागर, सुजन थापा, जगन अधिकारी, नवराज पाण्डे ‘फुलेबुढा’, गोपिनी शाही, प्रकाश पौडेल, उमाकान्त पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

रचना वाचन कार्यक्रममा ४२ जना सर्जकहरूले कविता, गजल, मुक्तक तथा अन्य साहित्यिक रचनाहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा टक गुरुङ, जे.सागर, श्रीभवानी नेपाल, एस.पी. माथवर, कान्छो भुपेन्द्र आचार्य, पारस खनाल, हरिहर कँडेल, डि.एल. घिमिरे, लोकेन्द्र क्षेत्री यात्री, कमल गिरी आभा, गणेश बस्नेत, दीपेन्द्र पौडेल, सुरिन भुजेल, नवराज पाण्डे, सी.बी. सुनार, चित्र थापा, मदन शाही, उद्धव मिसन, गजेन्द्र कार्की, एकराज थापा, मेघप्रसाद धमला, राजेश भट्टराई ‘दर्पण’, सोनी भण्डारी, निर्जल भण्डारी, ओमकार थापा, चट्टानकुमार किसान प्रधान, प्रकाश बन्जारा ‘बिहानी’, इन्धन डि बि भण्डारी, जीवित खड्का मगर, श्रीराम रानाभाट, पदम आचार्य, रोहित कुँवर, अर्पणा अधिकारी, टंक कुँवर, प्रकाश पौडेल, उमाकान्त पाण्डे, खुश्बू झा, देवीमाया रुम्बा तामाङ, आयान्स तिम्सिना, सविता बस्नेत, रञ्जु दाहाल तथा भुपेन्द्र घिमिरेलगायतले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाली राजदूतावासका भुपेन्द्र घिमिरेले गर्नुभएको थियो भने साहित्यिक कार्यक्रमको सञ्चालन सिर्जना वाचन डबलीका तर्फबाट श्रीभवानी नेपालले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले भाषा, साहित्य, कला, संस्कृति तथा नेपाली भेषभूषा नेपाली पहिचानका अमूल्य सम्पत्ति भएकाले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक पहिचानलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रमको भव्य सफलताका लागि तनहुँ सेवा समाज युएई, सहकार्य गर्ने साहित्यिक समूह सिर्जना वाचन डबली युएई, सम्पूर्ण सर्जक तथा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा रचना वाचन गर्ने सबै सर्जकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments