Wednesday, July 15, 2026
Homeशिक्षा र स्वास्थ्यमादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा होमराज दाहाल

मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा होमराज दाहाल

इटहरीः संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम अधिवेशनले होमराज दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधिका कार्की (बस्नेत), सचिवमा रामकुमार दाहाल, सहसचिवमा राजेश दाहाल र कोषाध्यक्षमा रामबाबु दाहाल चयन हुनुभएको छ ।

सदस्यहरूमा तोयानाथ दाहाल (बासु), टंक दाहाल, ओमनाथ निरौला, राजन केडी, विष्णुप्रसाद दाहाल, सुमन दाहाल र चन्द्रमणि सुवेदी चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तथा मादी माविका पूर्व विद्यार्थी विदुर लिंथेपले मादी माध्यमिक विद्यालयको थप विकासका लागि पूर्व विद्यार्थीहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।

मादी हरेक क्षेत्रमा अग्रणी बन्दै गएको उल्लेख गर्दै उहाँले बदलिँदो विश्वअनुसार शिक्षामा पनि समयसापेक्ष परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

मञ्चका संस्थापक अध्यक्ष पदमप्रसाद दाहालले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मादी माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद दाहाल, पूर्व विद्यार्थी दिनेश भट्टराई तथा गणेशकुमार दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनमा कोषाध्यक्ष भोजराज घिमिरेले आर्थिक प्रतिवेदन, सचिव रामकुमार दाहालले सांगठनिक प्रतिवेदन तथा लेखापरीक्षक धनप्रसाद प्याकुरेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदीले मादी माध्यमिक विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विद्यालय तथा समाजमा योगदान पुर्याएका सुमन केसी, डिक केसी, जगत बर्देवा, दिनेश भट्टराई, जनार्दन दाहाल, प्रेमकुमार गुरुङ र टङ्क कार्कीलाई सम्मान गरिएको थियो ।

दिनेश भट्टराईलाई २०२५ सालमा मादी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । निर्वाचन समिति संयोजक शान्तराम कार्की तथा सदस्यहरू भोजराज घिमिरे र गणेश दाहालको संयोजनमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव रामकुमार दाहालले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments