Wednesday, July 15, 2026
Homeसमाचाररौतहटका २८ वर्षीय गौतमकुमार सहनीद्वारा आत्मदाह प्रयास

रौतहटका २८ वर्षीय गौतमकुमार सहनीद्वारा आत्मदाह प्रयास

गौरः आज राति करिब १ बजे रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

गरुडा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार गौतम केही दिनयता मानसिक तनाव र डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाहको प्रयास गरेका हुन् ।

उनले गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए । आत्मदाहको प्रयासलगत्तै परिवारका सदस्यले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments