विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाको पूर्वी भेगमा दाहसंस्कारका लागि घाट निर्माण गर्न छलफल गरिएको छ । शुक्रबार नगरका प्रवक्ता एवं वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालको अध्यक्षतामा, १२ नम्बर वडा कार्यालयको सभाहलमा भएको छलफलले नवराज चापागाईँको संयोजकत्वमा घाट निर्माणस्थल व्यवस्थापन समिति निर्माण गरेको छ ।
सो छलफलमा कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईं, वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेका साथै विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
सो भेलाले इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंको संयोजकत्वमा ९ सदस्यीय घाट निर्माण स्थल व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सदस्यमा टीकाप्रसाद सुवेदी, तोया पोख्रेल, होमनाथ जमरकट्टेल, मोहनलाल श्रेष्ठ, कृष्णप्रसाद काफ्ले, रूद्रबहादुर कार्की, विश्वेश्वरप्रसाद ढकाल र राजेन्द्रप्रसाद दाहाल रहेका छन् ।
पूर्व राज्यमन्त्री ओझाले दाहसंस्कारस्थल मात्रै नभएर भवन पनि निर्माण गर्नुपर्ने भएकाले डिपिआर तयार गरेर निर्माण शुरु गर्नुपर्ने बताए ।








