खोर्सानेः सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैंचाले ११ र १२ कक्षामा अध्ययनरत छात्राहरुका लागि महिला हिंसा तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
५० जना छात्राहरूका लागि महिला हिंसा तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले बताए ।
कार्यक्रम सुन्दरहरैँचा नगरपालिका शिक्षा शाखा प्रमुख लीला ओझाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा शोभा बजगाईँले छात्राहरूलाई सहजीकरण गरेकी थिइन् । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नीलम ढुंगानाको सभापतित्वमा सम्पन्न भएको थियो ।