इटहरीः उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना अनुसार वाणिज्य सदस्यतर्फ अध्यक्ष पदका उम्मेद्वार नवराज काफ्ले प्यानलका सबै सदस्य विजयी भएका छन् ।
वाणिज्य सदस्यतर्फ निर्वाचित हुने नौवटै स्थानमा काफ्ले प्यानलका उम्मेद्वार विजयी भएका हुन् । निर्वाचित वाणिज्य सदस्यमध्ये जीवनकुमार न्यौपानेले सर्वाधिक ९८९ मत प्राप्त गरेका छन् । सञ्जीव खड्काले ९८४, बलराम बस्नेतले ९६०, सिनेट रिजालले ९५९, सञ्जय शाहले ९५७, बलबहादुर न्यौपानेले ९४३, सन्नी चौधरीले ९१५, दिनेशप्रसाद धमलाले ९०८ र महेश थापाले ८८३ मत प्राप्त गरी विजयी भएका छन् ।
अध्यक्ष पदकी उम्मेद्वार गायत्री कटवाल भण्डारी प्यानलका उम्मेदवारहरू दुर्गाप्रसाद थापाले ५५८, निर्मला श्रेष्ठले ५१३, उषा सेढाई (सत्याल)ले ४८४ र हर्कबहादुर विकले ४२३ मत प्राप्त गरे । सो प्यानलबाट ४ जनाले मात्रै उम्मेद्वारी दिएका थिए ।
सो पदमा ११७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।





