राजविराजः सप्तरीको राजविराज नगरपालिका–११ स्थित कोशी पम्प नहरको बाँध भत्किँदा दुई बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । जसका कारण धानबालीसहितको बालीनालीमा क्षति पुगेको किसानले बताएका छन् ।
प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग स्थानीयले माग गर्नुका साथै तत्काल भत्किएको बाँध मर्मत गरी थप क्षति हुनबाट रोक्नुपर्ने बताएका छन् ।





