Monday, July 13, 2026
Homeअर्थउद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटवाल निर्वाचित, बनिन् पहिलो महिला अध्यक्ष

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटवाल निर्वाचित, बनिन् पहिलो महिला अध्यक्ष

इटहरीः उद्योग वाणिज्य संघ इटहरीमा गायत्री कटवाल भण्डारी निर्वाचित हुनुभएको छ । संघको इतिहासमा पहिलो पटक महिलाले नेतृत्व गर्नुहुने भएको हो ।

शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी १५ मतान्तरले अर्का उम्मेद्वार नवराज काफ्लेलाई पराजित गर्दै विजयी हुनुभएको हो । उहाँ संघको पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

भण्डारीले ७५८ मत प्राप्त गर्दा काफ्लेले ७४३ मत प्राप्त गर्नुभएको थियो ।

अध्यक्षमा भण्डारी निर्वाचित भए पनि वाणिज्य सदस्यतर्फ भने सबै सदस्य काफ्ले समूहका निर्वाचित भएका छन् । जीवनकुमार न्यौपाने सर्वाधिक ९८९ मतसहित निर्वाचित भए। त्यसपछि सञ्जीव खड्का (९८४), बलराम बस्नेत (९६०), सिनेट रिजाल (९५९), सञ्जय शाह (९५७), बलबहादुर न्यौपाने (९४३), सन्नी चौधरी (९१५), दिनेशप्रसाद धमला (९०८) र महेश थापा (८८३) मत प्राप्त गर्दै विजयी बन्नुभएको छ ।

वाणिज्य सदस्यमा भण्डारी प्यानलका उम्मेद्वार दुर्गाप्रसाद थापाले ५५८, निर्मला श्रेष्ठले ५१३, उषा सेढाई (सत्याल)ले ४८४ र हर्कबहादुर विकले ४२३ मत पाउनुभएको थियो ।

महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित हुनुभएको छ । ढकालले ९५६ मत प्राप्त गर्दा भट्टराईले ६८१ मत प्राप्त ल्याउनुभएको थियो ।

महिला सदस्यमा पराजित पुनम थापा मगरले ६१२ र लीलाकुमारी राईले ६१० मत ल्याउनुभएको थियो ।

उद्योग सदस्यतर्फ अभिषेक बस्नेत (१४४), शिवप्रसाद भट्टराई ‘भूपाल’ (१३४), हरिप्रसाद तिम्सिना (१२१) र किसनकुमार खेडिया (१०१) मत ल्याएर निर्वाचित हुँदा अर्का उम्मेद्वार सुरज आङ्देम्बेले ८० मत ल्याउनुभएको थियो ।

संघमा २ हजार ३६९ मतदाता रहेकामा निर्वाचनमा १ हजार ५४३ मत खसेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments