विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी प्रति तोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




