Monday, July 6, 2026
Homeसमाचारलेटाङको सार्वजनिक सुनुवाइ सम्पन्न

लेटाङको सार्वजनिक सुनुवाइ सम्पन्न

लेटाङः मोरङको लेटाङ नगरपालिकाको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ शुक्रबार सम्पन्न भएको छ ।

स्थानीय सरकारको पारदर्शिता, उत्तरदायित्व र नागरिकसँगको प्रत्यक्ष संवादलाई सुदृढ गर्ने उद्देश्यले वडा नं. १ स्थित राजारानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको सार्वजनिक सुनुवाइमा नगरवासीले विभिन्न विषयसँग सम्बन्धित रहेर प्रश्न गरेका थिए ।

नगरप्रमुख भुपेन्द्रकुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा नं. १ का अध्यक्ष विष्णुकुमार मगर, वडा नं. २ का अध्यक्ष तेजप्रसाद तिम्सिना, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर शाह लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, सामाजिक अभियन्ता, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको सहभागिता कार्यक्रममा रहेको थियो ।

सो सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सामाजिक सुरक्षा, वातावरण संरक्षण, राजस्व व्यवस्थापन तथा सुशासनसँग सम्बन्धित विविध विषयमा प्रश्न, जिज्ञासा, सुझाव र गुनासा राखेका थिए ।

सहभागीहरूले राखेका प्रश्नको जवाफ दिँदै नगरप्रमुख लावतीले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विकास निर्माणका कामहरू अघि बढाइएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शशी राईले नगरपालिकाले पारदर्शी, जवाफदेही र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरूले आफ्नो जिम्मेवारीसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

ईनेपाल डिजिटल मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रेवतीरमण निरौलाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments