Monday, July 6, 2026
Homeखेलकुदआयोजक मेक्सिको बाहिरियो विश्वकपको उपाधि होडबाट, १० खेलाडीमा सीमित हुँदा पनि इंग्ल्यान्ड...

आयोजक मेक्सिको बाहिरियो विश्वकपको उपाधि होडबाट, १० खेलाडीमा सीमित हुँदा पनि इंग्ल्यान्ड पुग्यो क्वाटरफाइनलमा

विराटचोकः विश्वकप फुटबल २०२६ मा राउण्ड अफ ३२ सम्म कुनै गोल नखाएको आयोजक मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको बनेको छ ।

१० खेलाडीमा समेटिएको इंग्ल्यान्ड सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग प्रतिष्पर्धा गर्नेछ ।

मेक्सिकोको अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरेका थिए ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरेका थिए ।

आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments