Sunday, June 28, 2026
Homeफिचरसुन्दरहरैंचाको आर्थिक समृद्धि तथा अबको योजना विषयमा आज बहस गरिने

सुन्दरहरैंचाको आर्थिक समृद्धि तथा अबको योजना विषयमा आज बहस गरिने

विराटचोकः उदीयमान शहरको रुपमा रहेको मोरङको ऐतिहासिक महत्त्व बोकेको सुन्दरहरैंचा नगरपालिकाको विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका भावी सम्भावनाबारे आज विराटचोकमा बहस हुने भएको छ ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आज ‘कृषि, पर्यटन, उद्योग र व्यापारः आर्थिक समृद्धिको मूल आधार’ नारासहित आयोजना गर्न लागेको कार्यक्रममा नगरको समग्र विकासका लागि सरोकारवालाबीच खुला छलफल गरिने भएको हो ।

आज दिउँसो ४ बजे मंगलस्मृति प्रतिष्ठानको सामुदायिक भवनको सभाहलमा हुने कार्यक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनाल, युवा उद्योगी सुयस प्याकुरेल, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, जलविद्युत क्षेत्रका विशेषज्ञ अरूण सुवेदी, कलाकर्मी रेखा थापा, वरिष्ठ पत्रकार टीकाराम यात्री र दिलभूषण पाठक, सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल विशेष अतिथिका रूपमा सहभागी भएर आफ्ना विचार राख्नुहुने भएको हो ।

सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले कार्यक्रममा नगरको प्रतिवेदन प्रस्तुत गर्नुहुने भएको छ । बहस कार्यक्रममा सहभागी नगरवासीका जिज्ञासाको जवाफपछि कार्यक्रम सम्पन्न हुने बताइएको छ ।

उद्योग वाणिज्य संघको आयोजनामा भोलि बिहान ‘रन सुन्दरहरैंचा’ नामक दौड कार्यक्रम हुने भएको छ । १० हजार मानिस दौडमा सहभागी हुने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments