Sunday, October 18, 2026
Homeसमाचारकोशी प्रदेशका केही स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना

कोशी प्रदेशका केही स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना

विराटचोकः मनसुन सक्रिय भएसँगै कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ ।

आज राति कोशी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै केही स्थानमा ‘धेरै भारी’ वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ । वर्षासँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको जनाइएको छ ।

आज राति देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

केही दिनभित्र मनसुन देशभर सक्रिय हुने महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments