विराटचोकः फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे र साउदी अरब दुवै १–१ बराबरीमा रोकिएपछि १–१ अङ्क बाँडेका छन् । उरुग्वे विश्कप फुटबलको पहिलो विजेता देश हो । सन् १९३० को पहिलो विश्वकप फुटबल उरुग्वेले जितेको थियो ।
साउदीले खेलको ४१ औं मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल नभएपछि खेल बराबरीमा रोकिएको थियो ।




