Tuesday, June 16, 2026
Homeखेलकुदआत्मघाती गोलका कारण बेल्जियमलाई अंक बाँड्न पुग्यो इजिप्ट

आत्मघाती गोलका कारण बेल्जियमलाई अंक बाँड्न पुग्यो इजिप्ट

विराटचोकः खेलको ६६ औँ मिनेटमा भएको आत्मघाती गोलका कारण इजिप्टले फिफा विश्वकप–२०२६ मा बेल्जियमसँग अंक बाँडेको छ ।

सो गोलसँगै सिएटल स्टेडियममा भएको खेलमा बेल्जियम र इजिप्ट १–१ को बराबरीमा रोकिएका हुन् ।

खेलको १९ औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा इजिप्टका मोहम्मद हानीले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल हुँदा इजिप्टले पाएको ३ अंक १ अंकमा झरेको हो ।

त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टले समान एकएक अंक बाँडेका छन् ।

फिफा विश्वकप २०२६ मा यो दोस्रो आत्मघाती गोल हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments