Saturday, June 13, 2026
Homeखेलकुदविश्वकपको चौथो खेलमा १ का विरुद्ध ४ गोल गर्दै पाराग्वेलाई पराजित गरी...

विश्वकपको चौथो खेलमा १ का विरुद्ध ४ गोल गर्दै पाराग्वेलाई पराजित गरी अमेरिकाले जोड्यो ३ अंक

विराटचोकः फिफा विश्वकप–२०२६ को चौथो खेलमा पाराग्वेलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक अमेरिकाले शानदार विजयी शुरुवात गरेको छ ।

अमेरिकाका लागि फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गरे भने पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए । पाराग्वेका एक खेलाडीले आत्मघाती गोल गरेका थिए ।

जीतसँगै समूह ‘डी’ मा तीन अङ्क जोड्दै घरेलु टोली अमेरिका समूहको शीर्ष स्थानमा पुगेको छ ।

खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments