विराटचोकः दुई दिन उच्च अंकले घटेको सुनको भाउ आज भने बढेको छ । बिहीबार तोलामा ५१०० र बुधबार १०१०० रुपैयाँले घटेको सुनको भाउ आज भने ५३०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा किनबेच भएको छ ।
आज चाँदीको भाउ १९० रुपैयाँले बढेर ४८४० रुपैयाँ पुगेको छ ।
हिजो सुनको भाउ तोलामा ५१०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको थियो ।




