Friday, June 12, 2026
Homeखेलकुद६९ औँ मिनेटमा मैदान प्रवेश गरेका खेलाडीले ८० औँ मिनेटमा गरेको गोलपछि...

६९ औँ मिनेटमा मैदान प्रवेश गरेका खेलाडीले ८० औँ मिनेटमा गरेको गोलपछि कोरियाको जीत सहज

विराटचोकः फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले दक्षिण कोरियाले पराजित गरेको छ ।

आज बिहान मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा मध्यान्तरपछिको १४ मिनेटभित्र दुई गोल फर्काउँदै कोरियाले जीत हासिल गरेको हो ।

मध्यान्तरपछि ५९ औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाका ह्वाङ इनबियोमले ६७ औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । खेलको ८० औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । खेलको ६९ औँ मिनेटमा मैदान प्रवेश गरेका ओएच ह्योङयुले ११ मिनेटपछि गोल गर्दै दक्षिण कोरियालाई २–१ को स्थितिमा पुर्याएका थिए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि दक्षिण कोरिया विजयी भएको थियो ।

दक्षिण कोरिया ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा पुगेको छ । उद्घाटन खेलमा जीत हासिल गर्दै समान ३ अंक नै जोडे पनि गोलअन्तरका आधारमा मेक्सिको शीर्ष स्थानमा छ ।

उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै मेक्सिको पहिलो स्थानमा रहेको छ ।

विजेता नभए पनि १ गोल गरेको चेक रिपब्लिक अंकविहीन हुँदै तेस्रो स्थानमा र कुनै पनि गोल नगरेको दक्षिण अफ्रिका चौथो स्थानमा रहेका छन् ।

समूह ए को तेस्रो खेल असार ४ गते चेक रिपब्लिक र दक्षिण कोरियाबीच हुनेछ ।

प्रतियोगिताअन्तर्गत भोलि पहिलो खेल समूह डी मा रहेका अमेरिका र पाराग्वेबीच बिहान पौने ७ बजे र दोस्रो खेल दिउँसो पौने १ बजे समूह बी मा रहेका क्यानडा र बोस्नियाबीच हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments