Friday, June 12, 2026
Homeसमाजज्येष्ठ नागरिक सेवा समाज सुन्दरहरैंचा–३ ले गर्याे २५० भन्दा बढी मातालाई सम्मान

ज्येष्ठ नागरिक सेवा समाज सुन्दरहरैंचा–३ ले गर्याे २५० भन्दा बढी मातालाई सम्मान

गछियाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको ज्येष्ठ नागरिक सेवा समाज नेपालले माता सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

वडा नं ३ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा समाजमा मातृत्वको योगदानको कदर गर्दै माताहरुलाई सम्मान गरेको हो । कार्यक्रममा २५० भन्दा बढी आमाहरूलाई सम्मान गरिएको जेष्ठ नागरिक समाजकी सहजकर्ता रीता दाहालले बताउनुभयो ।

कार्यक्रममा “ज्येष्ठ नागरिकको सम्मान गरौँ, आदर्श समाजको निर्माण गरौँ” भन्ने मूल नाराका साथ कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका–३ का वडाध्यक्ष विदुर ढुंगानालगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रम ज्येष्ठ नागरिक सेवा समाज नेपाल, सुन्दरहरैंचा–३ का अध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments