Friday, June 12, 2026
Homeराजनीतिरास्वपाको प्रदेश अधिवेशनमा पराजित भएपछि राजनीतिक बिट मारेको गोमा तामाङको भनाइ

रास्वपाको प्रदेश अधिवेशनमा पराजित भएपछि राजनीतिक बिट मारेको गोमा तामाङको भनाइ

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि आफूले राजनीतिक बिट मारेको घोषणा निवर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन) ले बताउनुभएको छ । सांसदहरूले उम्मेद्वारको पक्ष विपक्षमा मत माग्न थालेपछि तामाङले मतदान हुनु अघि नै आक्रोश पोख्दै सांसदहरूले मत प्रभावित पार्ने आशंका गर्नुभएको छ ।

केही सांसदले संगठन बिथोल्ने प्रयास गरेको उहाँको भनाइ थियो । प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीतिबाट बिट मारेको घोषणा उहाँले गर्नुभएको थियो ।

सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रदेश सभापति गोमा तामाङ ९सरिन०ले १४१ मत ल्याउनुभएको थियो ।

अन्य उम्मेद्वारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गर्नुभएको थियो । १ मत बदर भएको थियो ।

सभापति पदका लागि ६ जनाको उम्मेद्वारी परे पनि पछि २ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो । उदयपुरका पारसमणि गेलाल र तेह्रथुमका पीताम्बर तिम्सिनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments