विराटचोकः म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी विजयी बनेका सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै शपथ ग्रहण गर्ने भएका छन् ।
सांसद पुनले केही दिन पहिले सरकारले नवप्रवर्तन तथा अनुसन्धानको लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिएका थिए ।
सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका पुनलाई बालेन्द्र साह नेतृत्वको सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागेको हो ।




