Monday, June 8, 2026
HomeUncategorizedसुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा युवा उद्यमशीलता विकास तालिम शुरु

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा युवा उद्यमशीलता विकास तालिम शुरु

विराटचोकः युवामा उद्यमशील सोच, व्यवसायिक सीप, नेतृत्व क्षमता तथा आत्मनिर्भरता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ आजदेखि युवा उद्यमशीलता विकास तालिम शुरु भएको छ ।

“युवा शक्ति, उद्यमी सोच, समृद्ध नेपालको खोज” भन्ने नारासहित शुरु भएको तालिमको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले आज एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

तालिमले स्थानीय युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने दिशामा प्रेरित गर्ने विश्वास लिइएको आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघले जनाएको छ ।

१५ दिनसम्म सञ्चालन हुने तालिममा सुन्दरहरैंचाका ५० जना युवा सहभागी छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments