विराटचोकः साताको पहिलो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.७३ प्रतिशत अर्थात् २०.२७ अङ्कले घटेर २ हजार ७३५.१४ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर ५६ हजार ८४५ पटक किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको शेयर कारोबार भएको छ । गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
०.२६ प्रतिशतले फाइनान्स समूह बढ्नुबाहेक कारोबारमा आएका बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ । आज व्यापार समूह सर्वाधिक अर्थात १.७७ प्रतिशतले घटेको छ ।
फाइनान्स समूह बढेको बजारमा आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात २० करोड ४६ लाख २९ हजार ९७ रुपैयाँको शेयर कारोबार भएको छ ।
कालिञ्चोक हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले बढ्दा उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ७.१४ प्रतिशतले घटेको छ ।




