Wednesday, June 3, 2026
Homeखेलकुद४ का विरुद्ध ५ गोलले लेटाङलाई पराजित गरी इटहरी पुग्यो सुन्दरहरैंचा मेयर...

४ का विरुद्ध ५ गोलले लेटाङलाई पराजित गरी इटहरी पुग्यो सुन्दरहरैंचा मेयर गोल्डकप फुटबलको सेमीफाइनलमा

विराटचोकः जेठ १६ गतेदेखि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलबाट इटहरी उपमहानगरपालिका सेमीफाइनलमा पुगेको छ ।

हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकाले लेटाङ नगरपालिकालाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

हिजोको खेलमा इटहरी उपमहानगरपालिकाका निवास फुयाल ‘प्लेयर अफ द म्याच’ घोषित भई नगद ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ट्रफीका साथमा नगद ४ लाख तथा उपविजेताले ट्रफीका साथमा नगद २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक सुन्दरहरैंचा नगर खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको पहिलो सेमीफाइनल खेलअन्तर्गत आज दिउँसो ३ बजे मोरङका केराबारी गाउँपालिका र बेलबारी नगरपालिका आमनेसामने हुनेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments