विराटचोकः यस वर्ष जेठ महिनामा मलमास परेको छ । अधिकमास तथा पुरुषोत्तम मास पनि भनिने यस महिनामा कुनै कार्य गर्नै पर्ने र कुनै कार्य गर्नै नहुने भनी पुराणहरुमा वर्णन गरिएको छ ।
यस्ता छन् अधिकमासमा गर्नै पर्ने कार्यहरुः
–वार्षिकी कार्य,
–दैनिक नित्य कर्म सधैँ गरेर ल्याइएका कर्महरू, जस्तोः हरेक दिन बिहान बेलुका पूजा,
–पुरुषोत्तम पूजा कथा श्रवण,
–भगवान् विष्णुको स्तुति र कीर्तन
–न्वारन, पास्नी
–दैनिक उपभोग्य सामग्री खरिद ।
मलमासमा गर्नै नहुने कर्म
–श्राद्ध तथा पितृकर्म
–विवाह व्रतबन्ध, चूडाकर्म
–सप्ताह, नवाह, महारुद्री, शतचण्डी
–शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन, जस्तोः गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ गर्न नहुने
–विवाह गर्न नहुने, गरेमा गृह सुख नहुने,
–गर्भाधान गरेमा बच्चा रोगी जन्मने हुने सम्भावना,
–नवविवाहित दाम्पतिहरू सकेसम्म मलमासमा सँगै नबस्ने ।




