लेटाङः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लेटाङको आयोजनामा लेटाङ–३ स्थित युनाइटेड मिनर्वा एण्ड ग्यालेक्सी एकेडेमीमा भएको हस्तलेखन प्रतियोगितामा प्याब्सन लेटाङमा आबद्ध १४ वटा विद्यालयका ५६ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
नेपाली र अंग्रेजी भाषामा भएको हस्तलेखन प्रयितोगितामा सिनियर र जुनियरतर्फ प्रतिष्पर्धा गरी हस्तलेखन सीपको परीक्षण गरिएको थियो ।
सो प्रतियोगितामा नेपाली भाषाको हस्तलेखनमा सिनियरतर्फ युनाइडेट मिनरुवा एण्ड ग्यालेक्सी एकेडेमीकी कृषा राई पहिलो, नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनकी कञ्चन तामाङ दोस्रो र लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी प्रकृति खड्का तेस्रो हुनुभएको थियो ।
जुनियरतर्फ लेटाङ ग्रीनभ्याली एकेडेमीकी खुशी लिम्बू पहिलो, लिटिल फ्लावर्स बोर्डिङ स्कूलकी रेमोना श्रेष्ठ दोस्रो र नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउन्डेसनकी अनुस्का राई तेस्रो हुनुभएको थियो ।
अंग्रेजी भाषाको सिनियरतर्फ नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनकी नम्रता लिम्बू पहिलो, लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी विवसा खपाङ्गी दास्रो र युनाइडेट मिनरुवा एण्ड ग्यालेक्सी एकेडेमीकी आकांक्षा बराइलीले तेस्रो पुरस्कार जित्नुभएको थियो ।
जुनियरतर्फको प्रतिस्पर्धामा युनाइटेड मिरुर्वा एण्ड ग्यालेक्सी एकेडेमीका नेल्सन भुजेल पहिलो, पूर्वाञ्चल अल्मामेटर होमका कञ्चन कार्की दोस्रो र जाँते पारागन इंग्लिस स्कुलकी पासाङ ल्हामु शेर्पा तेस्रो भई पुरस्कार जित्नुभएको छ ।
प्याब्सन लेटाङका सचिव खगेन्द्र कार्कीका अनुसार विजेता विद्यार्थीरुलाई प्याब्सन लेटाङका पदाधिकारीहरुलगायतले पदक वितरण गर्नुभएको थियो ।




