Saturday, May 30, 2026
Homeअर्थसंघीय सरकारको बजेटमा यसरी समेटियो कोशी प्रदेश

संघीय सरकारको बजेटमा यसरी समेटियो कोशी प्रदेश

विराटचोकः सरकारले हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३\८४ को बजेटमा कोशी प्रदेशमा भौतिक पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ ।

सवा २१ खर्बको बजेट प्रस्तुत हुँदा कोशी प्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्ग, कोशी राजमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गका लागि बजेट विनियोजन भएको छ ।

कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य बजेटमा छ । तमोर सडक विस्तार पनि सरकारको प्राथमिकतामा छ । संखुवासभामा निर्माणाधीन र प्रस्तावित जलविद्युत आयोजनाहरूलाई प्राथमिकतामा राखिएको छ ।

१ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुङ्ग्याएर ठेक्का प्रक्रिया शुरु गरिने बजेटमा उल्लेख छ । ९०० मेगावाटको अरुण तेस्रो र ६६९ मेगावाटको तल्लो अरुण आयोजनाको निर्माण कार्यलाई थप सहजीकरण गरी समयमा नै सम्पन्न गरिने भएको छ ।

झापाको मेचीनगरमा राष्ट्रिय आवास कम्पनीमार्फत् १०० वटा आवास निर्माण गरी नागरिकलाई बिक्री गर्ने लक्ष्य बजेटमा राखेको छ ।

दमक, धरान र इटहरीमा खानेपानी तथा ढल निकास र प्रशोधन आयोजना सञ्चालन गर्ने तथा संखुवासभाको खाँदबारीमा ढल प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ ।

सुनसरी–मोरङ सिँचाइ आयोजना मर्मत सम्भार गरी सिँचाइ सुविधालाई व्यवस्थित बनाइने भएको छ ।

विराटनगरमा २ हजार दर्शक क्षमताको मल्टिपर्पोज रंगशाला निर्माण गरिने तथा गिरिजाप्रसाद कोइराला स्टेडियमको लगानी मोडेल तयार गरी निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।

हलेसी–चतरा– पाथीभरा प्रादेशिक पर्यटकीय करिडोर निर्माण गर्ने तथा गुराँसको राजधानी मानिने तीनजुरेदेखि पाथीभरासम्मको ट्रेकिङ रुट निर्माण कार्यलाई सरकारले बजेटमा समेटेको छ ।

अन्य प्रदेशको तुलनामा सरकारले कोशी प्रदेशमा कम बजेट विनियोजन गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments