Sunday, May 31, 2026
Homeशिक्षा र स्वास्थ्यआजदेखि सुकुना बहुमुखी क्याम्पसमा दुई विधामा कार्यक्रम हुँदै

आजदेखि सुकुना बहुमुखी क्याम्पसमा दुई विधामा कार्यक्रम हुँदै

विराटचोकः देशकै अब्बल शैक्षिक सस्थाको रुपमा रहेको मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षा, प्रशासनिक क्षमता विकास तथा शैक्षिक–औद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार आज र भोलि “एकेडेमिया–इन्डस्ट्री डाइलग ः म्भखभयिउष्लन ब च्भकष्ष्भिलत ध्यचपायचअभ” कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा विश्वविद्यालय, उद्योग, बैंकिङ, उद्यमशीलता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहने जनाइएको छ ।

सो कार्यक्रममार्फत् उच्च शिक्षालय र उद्योग क्षेत्रबीच सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता विकास तथा दक्ष जनशक्ति उत्पादनका विषयमा व्यापक छलफल गरिने भएको छ । कार्यक्रममा मधेश विश्वविद्यालयका डीन डा. अञ्जयकुमार मिश्र, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु थपलिया, किस्स कलेजका अध्यक्ष नरोत्तम अर्याल तथा सहकारी विकास बैंकका सीईओ बद्रीकुमार गुरागाईंलगायतले सहजीकरण गर्ने जनाइएको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय उद्योगी, छिमेकी क्याम्पसका प्रतिनिधिलगायतको सहभागिता रहने बताइएको छ ।

आजदेखि नै तीन दिनसम्म क्याम्पसले प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने भएको छ । हल नं. ३ मा आयोजना हुने तालिममा गुणस्तर सुनिश्चितता (क्युएए) प्रक्रिया, अभिलेखीकरण, डिजिटल सीप विकास, सार्वजनिक खरिद प्रक्रिया, समस्या समाधान सीप, कार्यस्थलमा आवश्यक सामान्य सीप तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments