विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।




