इटहरीः इटहरीको राजस्व ढाटस्थित पारस अटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला शुरु भएको छ । जेठ १० गते शुरु भएको मेला १५ गते सम्पन्न हुनेछ ।
मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने जनाइएको छ । नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ ।
जसअन्तर्गत ५ वर्षसम्म निःशुल्क पेट्रोल, दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट, न्यूनतम डाउन पेमेन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो फाइनान्स प्रक्रिया पूरा गरिने व्यवस्था मिलाइएको छ । मेलाअवधिभर सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेटसमेत प्रदान गरिने भएको छ ।
न्यूनतम मासिक किस्ताबन्दी (ईएमआई) मार्फत् पनि सवारी खरिद गर्न सकिने भएकाले यो मेला नयाँ सवारी खरिद गर्न चाहने ग्राहकका लागि सहज, किफायती र आकर्षक अवसर बनेको कम्पनीको दाबी छ ।




