Sunday, May 24, 2026
Homeसमाचारकाँकरभिट्टामा भारतबाट फर्किएका युवा मदिरामा लठ्ठ भएपछि छुट्यो बस, बसपार्कमा बेहोश अवस्थामा...

काँकरभिट्टामा भारतबाट फर्किएका युवा मदिरामा लठ्ठ भएपछि छुट्यो बस, बसपार्कमा बेहोश अवस्थामा गर्याे प्रहरीले उद्धार

काँकरभिट्टाः प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट १ लाख १८ हजार नगदसहित एक युवालाई बेहोश अवस्थामा उद्धार गरेको छ ।

अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोश भएर लडिरहेको अवस्थामा उनी फेला परेका थिए । फेला पर्नेमा पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापा रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले उद्धार गरी उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका उनी हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

उनको साथबाट बरामद गरिएको नगद इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सुरक्षित राखिएको र उनको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गरे पनि सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल–भारत बस सेवाबाट रात्रिबसमार्फत् काठमाडौं जाने गरी टिकट लिइसकेका थिए । नशाले लट्ठिएपछि उनको बस छुटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments