Sunday, May 24, 2026
Homeश्रम र रोजगारसुन्दरहरैंचाका ५० जना युवालाई सुन्दरहरैंचा उद्योग वाणिज्य संघले एक महिना ‘युवा उद्यमशीलता...

सुन्दरहरैंचाका ५० जना युवालाई सुन्दरहरैंचा उद्योग वाणिज्य संघले एक महिना ‘युवा उद्यमशीलता विकास तालिम’ निःशुल्क दिने

विराटचोकः युवालाई आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यसहित सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सुन्दरहरैंचाका युवाका लागि निःशुल्क “युवा उद्यमशीलता विकास तालिम कार्यक्रम” सञ्चालन गर्ने भएको छ ।

हालसम्म कुनै पनि व्यवसाय नगरेका तर व्यावसायिक सोच भएका युवालाई लक्षित गरेर तालिम दिन लागेको संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । सीप सिकेर स्वरोजगार बन्न चाहने युवाका लागि ३० दिनसम्म तालिम दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिम सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सचिवालयमा दैनिक २ घण्टा सञ्चालन हुनेछ ।

सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका व्यवसाय गर्न इच्छुक ५० जना युवालाई सहभागी गराइने संघले जारी गरेको सूचनामा उल्लेख छ । तालिम अवधिभर नियमित उपस्थित हुन सक्ने सहभागीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

तालिममा सहभागी हुन इच्छुक युवाले नागरिकताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटोसहित संघको कार्यालय विराटचोक मोरङमा निवेदन बुझाउन सक्ने जनाइएको छ । यही जेठ १५ गतेसम्म निवेदन बुझाउने युवालाई सो तालिममा सहभागी गराइने महासचिव हरि कार्की बताउनुहुन्छ ।

संघका अनुसार तालिमका क्रममा सहभागीलाई व्यवसाय सम्बन्धी आधारभूत ज्ञान दिइनेछ । त्यसका साथै बिजनेस प्लान तयारी, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा स्वदेश तथा विदेशका व्यावसायिक तथा औद्योगिक क्षेत्रको भ्रमण गराइने तालिम संयोजक कृष्णप्रसाद ओझाले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments