Sunday, May 24, 2026
Homeसमाचारसुन्दरहरैंचासँग सम्बन्धित बैशाख महिनाका घटनाहरू

सुन्दरहरैंचासँग सम्बन्धित बैशाख महिनाका घटनाहरू

विराटचोकः २०८३ सालको पहिलो महिना बैशाखमा मोरङको सुन्दरहरैंचा नगरपालिकामा केही महत्त्वपूर्ण र केही सामान्य घटना भएका छन् । केही घटनाले राष्ट्रिय चर्चा पनि पाएका छन् ।

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित बैशाख महिनाका घटनाहरू
१ गतेः श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा अन्तरराष्ट्रिय धार्मिक महोत्सव शुरु । मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवको रूपमा सातदिवसीय आध्यात्मिक महोत्सव,

१ गतेः १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत भएको खेलमा जस्ट जोन फुटबल क्लब नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै गछिया युवा समाज सुन्दरहरैंचा सेमीफाइनलमा प्रवेश

२ गतेः पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले भित्तेपात्रो विमोचनका साथमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न,

२ गतेः सुकुना माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थी युगान्सु रिजालद्वारा भारतको सिक्किममा आयोजित विज्ञान तथा नवप्रवर्तन प्रदर्शनीमा सर्वोत्कृष्ट पुरस्कार जित्न सफल,

३ गतेः इन्द्रपुर क्रिकेट क्लब सुन्दरहरैंचाको आयोजनामा मोरङको सुन्दरहरैँचामा “सुन्दरहरैंचा टी २० कप क्रिकेट प्रतियोगिता” शुरु, पहिलो दिनको खेलमा विराट वारियर्स र भुल्के वारियर्स विजयी हुँदै अघिल्लो चरणमा प्रवेश,

४ गतेः गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश, गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुग्न सफल,

५ गतेः सुन्दरहरैंचा–१२ की क्यान्सरपीडित उमा खड्कालाई एनआरएनए बहराइनको पहलमा उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच १ लाख १ हजार ४६० रुपैयाँ प्रदान,

६ गतेः इन्द्रपुर क्रिकेट क्लबद्वारा आयोजित सुन्दरहरैंचा टी २० कप क्रिकेट प्रतियोगिताको उपाधि भुल्के वारियर्सले हात पाथीभरा टाइटन्सलाई ३३ रनले पराजित गर्दै हात पार्न सफल

७ गतेः मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवको रूपमा श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा बैशाख १ गते शुरु भएको अन्तरराष्ट्रिय धार्मिक महोत्सव समापन,

७ गतेः १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । बुढासुब्बा गोल्डकपको विजेता प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछिया उपाधि उचल्न सफल

८ गतेः पूर्वाञ्चल विश्वविद्यालयद्वारा १४ औँ दीक्षान्त समारोह आयोजना गरी विभिन्न संकाय अन्तर्गत अध्ययन पूरा गरेका ६ हजार ७०६ जना विद्यार्थी दीक्षित,

१२ गतेः इन्द्रपुर जेसीजको २५ औँ वार्षिकोत्सवको अवसरमा जेसीजले संस्थापक सदस्यलाई सम्मान गर्नुका साथै नयाँ सदस्यलाई प्रमाणपत्र वितरण, पूर्व अध्यक्षहरूबीच अनुभव आदानप्रदान तथा क्यालेन्डर विमोचन

१६ गतेः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउन पत्राचार गरेपछि सुन्दरहरैँचा नगरपालिकाले सर्वपक्षीय छलफल गरी पहिलो चरणमा खोला, पैनी तथा सरकारी बाटो मिचेर बनाइएका घरटहरा र संरचना हटाइने नगरप्रमुखद्वारा जानकारी

१६ गतेः सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा सान्वी सिटी हस्पिटल इटहरीको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जना लाभाग्राही लाभान्वित,

१६ गतेः सुविजीमुर मेमोरियल माध्यमिक विद्यालय सुन्दरहरैंचा नेतृत्व विकास कार्यक्रम अन्तर्गत इन्द्रपुर जुनियर जेसीजको सहकार्यमा ‘द बोल्ड स्टुडेन्ट’ शीर्षकको तालिम प्रदान,

१८ गतेः सुन्दरहरैंचा र बेलबारीका अग्रजको जीवनी समेटिएको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित, लेखक केशु विरहीद्वारा लिखित कृति कोसी साहित्य कला परिषद्द्वारा प्रकाशित कृतिको एक कार्यक्रमका बीच सुकुना बहुमुखी क्याम्पसमा विमोचन,

१९ गतेः भानु साझा पुस्तकालय तथा नझरेका फूलहरुको संयुक्त आयोजनामा भानु साझा पुस्तकालयमा आयोजित कार्यक्रममा साहित्यकार बम देवान सम्मानित,

२० गतेः विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा इन्द्रपुर जेसीजद्वारा सुन्दरहरैंचामा क्रियाशील ९ जना सञ्चारकर्मी सम्मानित,

२० गतेः पहिलो पाइला नेपाल सुन्दरहरैंचाको सातौँ अधिवेशनमार्फत् केवल लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२२ गतेः सलकपुरमा भएको दुर्घटनामा १ जनाको मृत्य, २ जना घाइते

२७ गतेः सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचा–७ गोठगाउँले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका १०० जनाभन्दा बढी हजुरबुबा र हजुरआमालाई सम्मान गर्दै पुरस्कार वितरण तथा दीक्षान्त समारोहको प्रारम्भ,

२७ गतेः सुन्दर खोर्साने युवा समाजको आयोजनामा जेठ २ गतेदेखि हुने प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैंचा खोर्साने गोल्डकपको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना,

२८ गतेः सुन्दरहरैंचामा क्रियाशील ४ जना सञ्चारकर्मी सम्मानित, सुन्दरवाटिका एकेडेमीले खादा, प्रमाणपत्र र नगद प्रदान गरी सञ्चारकर्मीलाई सम्मान प्रदान, अन्य विद्यालयबाट आफ्नो विद्यालयमा आएका ६८ जना विद्यार्थी र विभिन्न ७ आइडलका विजेतालाई सम्मान,

२९ गतेः राष्ट्रिय तेक्वान्दो संघ नेपाल, सुन्दरहरैंचा नगर कार्य समितिको आयोजनामा भएको दोस्रो खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा बेलबारीको कविर मावि पहिलो, सुन्दरहरैंचाको हिमालय इङ्लिस स्कुल दोस्रो, लक्ष्मी मावि बेलबारी तेस्रो र सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचाद्वारा सान्त्वना स्थान हासिल, प्रतियोगितामा जिल्लाका ६ वटा डोजाङका ८५ जना खेलाडी सहभागी

२९ गतेः सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भुल्के युवा समाजको आयोजनामा तथा आरम्भ सुधार केन्द्रको समन्वयमा लागूपदार्थ दुव्र्यसनविरुद्ध युवाहरूका लागि चेतनामूलक कार्यक्रम सम्पन्न,

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments