Wednesday, May 20, 2026
Homeस्थानीयकानेपोखरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

कानेपोखरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

कानेपोखरीः ड्रिम्स सिनेवार्क मिडिया प्रालिको सहजीकरण तथा कानेपोखरी गाउँपालिकाको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

गाउँपालिकाको प्राङ्गणमा शुक्रबार भएको कार्यक्रममा उठेका जिज्ञासाको जवाफ पालिकाकी अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादव तथा सहकारी शाखा प्रमुख सागर अधिकारीले दिनुभएको थियो ।

कार्यक्रममा पालिकाको हालसम्मको प्रगति तथा अन्य विवरण प्रमुख प्रशासकीय अधिकृत यादवले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नेत्र पी अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित पालिकावासीले विभिन्न विषयसँग सम्बन्धित रहेर जिज्ञासा राखेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments